Biratnagar, Morang, Nepal
१५ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

अप्पन ब्राह्मण समाजद्वारा राष्ट्र कल्याणको लागि रुद्राभिषेक

प्रभाषचन्द्र झा
१४ भदौ २०८३, आइतवार

Advertisement

विराटनगर । नुवाकोटको रसुवा भएर बग्ने भोटेकोशीमा गत भदौं १० गते आएको महाविनासकारी बाढीमा मृत्युवरण भएका व्यक्तिको आत्माको शान्ति एवम् भविष्यमा कुनै किसिमका विपत्त नआओस् भनि कामनासहित अप्पन ब्राह्मण समाज विराटनगरले शिवपार्थिव पूजन र रुद्राभिषेक धार्मिक विधिपूर्वक शनिवार सम्पन्न गरेको छ ।

विराटनगर –१३ कोशी प्रोजेक्टस्थित श्रीसिद्धश्वर  महादेव मन्दिरमा ६५ हजार पार्थिव महादेवको विधिवत पूजन गरिएको सो समाजका महासचिव सुजितकुमार चौंधरीले जानकारी गराए ।

देश र समाजको कल्याण एवम् सुश शान्तिका उद्देश्यका साथ साउन-भदौं महिनामा उक्त मन्दिरमा पार्थिव शिव पूजन एवम् रुद्राभिषेक सो समाजले गर्दै आएको छ ।

तर, यसपटक भदौं १० गतेको महाविपतमा  ज्यान गुमाएका सयौं व्यक्तिको आत्माको शान्ति र मुलुक एवम् विश्वमा यस किसिमका विपत नआओस् भनेर आराध्यदेव  महादेव (श्रीपशुपतिनाथ)काे विशेष पूजापाठसमेत गरिएको सो समाजका सल्लाहकार वीरेन्द्र झा (विरु सर) ले बताए ।

सो समाजका अध्यक्ष अमरकुमार झाले विगत ६ बर्षदेखि सो मन्दिरमा शिवपूजन विधिपूर्वक सम्पन्न गराउनमा समाजकी महिला, युवालगायतले गरेको योगदान एवम् सिद्धेश्वर महादेव मन्दिरका समितिको सहयोगप्रति धन्यवाद प्रकट गरे । 

साे अनुष्ठानलाई सम्पन्न गराउनमा मुख्य आचार्य धर्मेन्द्रनाथ मिश्र र उनको सहायक पण्डितमा सर्वश्री दूर्गानन्द झा, अरुण ठाकुर, हरेकृष्ण झा र अभिशेक झा थिए ।

सो पूजामा यजमानको रुपमा प्रभाषचन्द्र झा, आलोक मिश्र, शतिशचन्द्र झा, प्रकाशनारायण झा, डा. प्रमोदकुमार झा, सञ्जय झा र मोहन झा थिए ।

विहान १० बजेदेखि विधिवत रुपमा शुरु भएका पूजा बेलुकी साढे ९ बजे सम्पन्न भएको थियो । सो समाजका महिलाहरुले शुद्ध माटोलाई दलेर पार्थिव महादेव निर्माण गरेका थिए ।

View : 78

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved