Biratnagar, Morang, Nepal
१९ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

आन्दोलनरत शिक्षक र सरकारबीच २९ औं दिनमा ९ बुँदे सहमति

बिहीबारदेखि खुल्ने भए सामुदायिक विद्यालय, असार १५ भित्र विद्यालय शिक्षा ऐन पारित गर्ने सरकारी प्रतिवद्धता
उद्‌घोष सम्वाददाता
१८ वैशाख २०८२, बिहिवार

विराटनगर । देशभरका  सम्पूर्ण सामुदायिक विद्यालय ठप्प पार्ने गरी चलेको शिक्षकहरुको काठमाडौ केन्द्रित आन्दोलनलाई अन्ततः सरकारले २९ औं दिनमा सम्बोधन गरेको छ ।

सरकार र शिक्षकहरुबीच भएको सहमतिलाई बुधबार साँझको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेपछि अब देशभरीका सामुदायिक स्कुलहरु सुचारु हुने भएका छन् । 

सरकारले आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा ऐन संसदबाट पास गर्ने प्रतिवद्धता सहित शिक्षकसँग ९ बुँदे सहमति गरेको हो ।

सहमति पछि आन्दोलनरत शिक्षक महासंघले बुधबारदेखि नै विद्यालयको नियमित पठनपाठन खोल्ने घोषणा गरेका हुन् । बुधबार विदा परेका कारण भोली बिहीबारदेखि सामुदायिक विद्यालय खुल्ने जनाइएको छ ।

शिक्षक आन्दोलनका कारण देशभरका स्कुल बन्द हुँदा भर्ना अभियान, परीक्षालगायतका शैक्षिक कार्यक्रम प्रभावित बनेका थिए । 

बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शिक्षकका नौ बुँदे मागलाई अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले जानकारी दिए ।

बुधबार नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सहमतिमा टुङ्गिएको थियो । त्यसलगत्तै मन्त्रिपरिषद बैठक बसेको थियो । बैठकले सो सहमति अनुमोदन गरेको हो ।

View : 92

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved