विराटनगर । भारतको अररिया जिल्ला जोगबनीका ३६ वर्षीय अनिल यादव र विराटनगर महानगरपालिका–१६ दरैया बस्तीका करिब २६ वर्षीय सिकन्दर यादव १० ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
सशस्त्र सीमा बल (एसएसबी) र बिहार प्रहरीले संयुक्त रूपमा भारत–नेपाल सीमा स्तम्भ नम्बर १८०/०१ नजिक इन्द्रानगर, खजुरबारी–टिकुलिया सडकमा गस्ती गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
बुधबार बिहान करिब १०ः४० बजे गोप्य सूचनाका आधारमा संयुक्त टोलीले भारततर्फ सीमाबाट करिब ४०० मिटरभित्र शंकास्पद अवस्थामा रहेको अपाचे मोटरसाइकल रोकेको थियो । मोटरसाइकलमा सवार उनीहरूको तलासी लिने क्रममा पोलिथिनसहित १० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट ब्राउन सुगरसँगै एउटा अपाचे मोटरसाइकल, दुईवटा एन्ड्रोइड मोबाइल र भारतीय नागरिक अनिल यादवको एउटा आधार कार्डसमेत बरामद गरिएको छ ।
प्रारम्भिक सोधपुछका क्रममा उनीहरूले लागुऔषधको ‘क्यारियर’का रूपमा काम गर्दै आएको र उक्त लागुऔषध टिकुलिया बस्तीमा एक अज्ञात व्यक्तिबाट लिएर जोगबनीमा डेलिभरी गर्न लैजाँदै गरेको बताएको एसएसबीले जनाएको छ ।
पक्राउ परेका दुवै जना तथा बरामद सामग्री थप कानुनी कारबाहीका लागि जोगबनी प्रहरी थानामा बुझाइएको छ ।
View : 95
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved