Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

४१औं आईजीपी रनिङ शिल्ड फुटबल : कोशी प्रदेशसँग मधेश प्रदेश टिम पराजित

उद्‌घोष सम्वाददाता
७ मंसिर २०८०, बिहिवार

विराटनगर : नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा ४१औं आईजीपी रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८० बुधबारदेखि शुरू भएको छ ।

बुधबार भएको पहिलो खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टिमले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरलाई ५ का विरूद्ध शून्य गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल टिम र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी टिम गोल रहित बराबरीमा टुंगिएको थियो ।

मंसिर १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका टिमको सहभागिता रहेको छ ।

यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले रेफ्रीलाई फुटबल हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्घाटन गरेका थिए ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले नेपाल प्रहरीमा हुने आन्तरिक खेलकुद प्रतियोगिताहरू स्तरीय खेलाडी उत्पादनको आधारको रूपमा रहेकोले प्रतियोगिताहरूको सम्भाव्यता खोजी गरी सञ्चालनको लागि प्रयास गरिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

View : 317

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved