Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

आदर्श माविबाट दुई विद्यार्थीले ल्याए ४ जीपीए, ९६.६७ प्रतिशत उत्तीर्ण

उद्‌घोष संवाददाता
२९ वैशाख २०८३, मङ्गलवार

विराटनगर । सोमबार राती प्रकासित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार विराटनगरको आदर्श माध्यमिक विद्यालयका दुई विद्यार्थीले ४ जीपीए हाँसिल गरेका छन् ।  विद्यालयका अनुसार यस वर्ष ९६ दशमलव ६७ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।

विद्यालयबाट ३९१ जना परीक्षार्थी मध्ये ३७८ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । १३१ जनाले ३.६० देखि ४.०० जीपीए प्राप्त गरेका छन् ।

त्यसैगरी ३.२० देखि ३.६० जीपीए ल्याउने १६४, २.८० देखि ३.२० जीपीए ल्याउने ७४ र २.४० देखि २.८० जीपीए ल्याउने ७ जना विद्यार्थी रहेका छन् ।

विद्यालयबाट १३ जना विद्यार्थी मात्रै नन–ग्रेडेड (एनजी) मा परेका छन् ।

View : 267

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved