Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

सोनापुर गोल्डकपको उपाधि इटहरीलाई

उद्घोष सम्वाददाता
२ वैशाख २०८१, आइतवार

दुहबी । सुनसरीको दुहबीमा सम्पन्न तेस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि इटहरी फुटबल क्लब इटहरीले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा इटहरी फुटबल क्लब इटहरीले आयोजक मेमोरी युवा क्लब दुहबीलाई ४–१ गोल अन्तरले पछि पार्दै उपाधि हात पारेको हो ।

इटहरी फुटबल क्लबले उपाधिसहित २ लाख ११ हजार नगद र शिल्ड प्राप्त गरेको आयोजक मेमोरी युवा क्लब दुहबीका सचिव पञ्चनारायण(सुजेन) चौधरीले जनाए । उपबिजेता मेमोरी युवा क्लब दुहबीले १ लाख ५ हजार नगद तथा शिल्ड पाएको छ ।

खेलको उत्कृष्ट खेलाडी मेमोरी युवा क्लब दुहबीका खेलाडी अशोक खवास घोषित भए । उनले नगद ३ हजार १ सय र ट्रफी पाए ।
 

View : 206

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved