विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट सुरक्षित गरेको छ ।
अञ्जुलीको माटो चुनावचिह्नमा मैदान उत्रिएको श्रम संस्कृतिका ध्रुवराज राईले भोजपुरमा नेकपा एमालेका केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई पराजित गरेका छन् ।
राईलाई श्रम संस्कृति पार्टीका ध्रुवराज राईले १९१३ को मतान्तरमा पराजित गरेका हुन् ।
ध्रुवराजले १६ हजार ६६३ मत प्राप्त गरेका छन् भने शेरधनले १४ हजार ७५० मत पाएका हुन् ।
भोजपुरमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण थापाले ८ हजार ६७० मत पाए ।
रास्वपाका रमेश ओझाले ६ हजार १०२ पाएर चौथो भए भने नेकपाका अजम्बर काङमाङले ५ हजार ६२८ मत ल्याएका हुन् ।
१ लाख २५ हजार ७६६ मतदाता रहेको भोजपुरमा १ लाख २५ हजार मत खसेको थियो ।
श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ मा निर्वाचित भइसकेका छन् । त्यस्तै खोटाङमा आरेन राई पनि निर्वाचित भएका छन् ।
View : 69
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved