Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

विराट गोल्डकपको पहिलो सेमिफाइनल आज

घरेलु टोली सांग्रिला मोरङ एफए र सशस्त्र बिच प्रतिष्पर्धा

उद्घोष सम्वाददाता
२१ चैत २०८०, बुधवार

विराटनगर । विराटनगरको सहिद मैदानमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलको खेल बुधबार घरेलु टिम सांग्रिला मोरङ एफए र विभागीय टोली सशस्त्र प्रहरीबीच आज हुँदैछ ।

साँझ साढे ६ बजेदेखि खेल सुरु हुने विराट गोल्डकप फुटबल ट्रष्टले जनाएको छ । मङ्गलबारसम्म प्रतियोगिताको क्वाटरफाइनल समीकरण पुरा भएको हो । 

विराट गोल्डकपको सशक्त दाबेदार सांग्रिला मोरङ एफएले भुटानविरुद्ध ३–२ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

त्यसैगरी सशस्त्र प्रहरी बलले चर्च ब्वाइजलाई २–० गोलले पराजित गरेर सेमिफाइनल भिडन्तमा आइपुगेको हो ।

आयोजकले आजदेखि सुरु हुने सेमिफाइनलका लागि आयोजकले टिकट दर भने तीन सय रुपैयाँ तोकेको छ ।

View : 107

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved