Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

विद्यार्थी माग पूरा नहुँदा विराटनगर डिग्री क्याम्पसमा तालाबन्दी

उद्‌घोष संवाददाता
१९ मंसिर २०८२, शुक्रवार

विराटनगर / विराटनगरस्थित डिग्री क्याम्पस विद्यार्थीहरूले लगाएको तालाबन्दीले गतिविधि अवरुद्ध भएको छ। विद्यार्थीहरूले खर्च कटौती फिर्ता, छात्रवृत्ति वितरण र क्याम्पस निर्णयमा सहभागिताको माग गर्दै मंसिर ४ गतेदेखि क्याम्पस प्रमुख र आर्थिक प्रशासनको कार्यालय तालाबन्दी गरेका हुन्।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सभापति प्रितम साहले क्याम्पस प्रशासनले आधिकारिक वार्ताको लागि अझै सम्पर्क नगरेको बताए। उनले माग पूरा नभएसम्म तालाबन्दी जारी रहने र कुनै भ्रममा नपर्न आग्रह गरे।

विवादको अर्को रोचक पक्ष डिग्री क्याम्पस प्रमुख ढकबहादुर मगर र स्ववियु सभापति प्रितम साह दुवै नेकपा (माओवादी) निकट हुन्। यसले आन्तरिक प्रशासनिक कमजोरी वा गम्भीर मतभेदको सङ्केत दिएको छ।

यसबीच, महेन्द्र मोरङ क्याम्पस विराटनगरको प्रमुख कार्यालयमा त्रिवि प्राध्यापक संघले लगाएको ताला ६ वर्षदेखि र  विराटनगर–१   पोखरियामा रहेको  पूर्वाञ्चल विश्वविद्यालयको   डिन कार्यालयमा स्थानीयले लगाएको तालाबन्दी पनि जारी छ।

View : 257

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved