विराटनगर । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा प्रकाशित व्यवस्थापन संकाय अन्तर्गत स्नातक तह (बीबीएस) चौथो वर्षको परीक्षाफलमा भोजपुरकी प्रतिभा लुइटेल नेपाल प्रथम (बोर्डफस्ट) बनेकी छन् ।
इटहरी उपमहानगरपालिका–२० तरहरास्थित राष्ट्रिय जनसहयोग कलेजमा अध्ययनरत छात्रा लुइटेलले ८७.८० प्रतिशत अंक हासिल गर्दै देशभरिमै सर्वोत्कृष्ट नतिजा निकालेकी हुन् ।
सो परीक्षामा राष्ट्रिय जनसहयोग कलेजको नतिजा समग्रमै उल्लेखनीय रहेको छ ।
कलेजबाट परीक्षामा सहभागीमध्ये १२ जना विद्यार्थी विशिष्ट श्रेणी (डिस्टिङक्सन) मा उत्तीर्ण भएका छन् भने कलेजको समग्र उत्तीर्ण दर ८२ प्रतिशत रहेको छ ।
View : 103
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved