विराटनगर । विश्वविख्यात सिसिटिभी ब्रान्डका रूपमा परिचित हिक भिजनको प्रदर्शनी केन्द्र विराटनगरमा निर्माण हुने भएको छ ।
कम्पनीले अनुभव केन्द्र नाम दिएको यो केन्द्र नेपालका लागि हिकभिजनको नेपाल वितरक नियोटेरिक नेपालको विराटनगरस्थित आधिकारिक डिलर मल्टिप्लेक्स इन्फो सिस्टमले निर्माण गर्न लागेको हो ।
ग्राहकलाई आधुनिक सुरक्षा प्रविधिको प्रत्यक्ष अनुभव गराउने उद्देश्यले निर्माण हुन लागेको उक्त केन्द्रमा हिकभिजनका विभिन्न सुरक्षा उपकरणहरू प्रदर्शन गरिने मल्टिप्लेक्सका सञ्चालक जयन्त बोथराले जानकारी दिएका छन् ।
केन्द्रमा सिसिटिभी क्यामेरा, अनुहार पहिचान गर्ने मिनमो उपकरण, स्मार्ट लकसहितको भिडियो डोरबेल, प्रवेश नियन्त्रण प्रणाली लगायतका स्मार्ट सुरक्षा समाधानहरूको प्रत्यक्ष प्रदर्शन हुने उनले बताए ।
उनका अनुसार, केन्द्रको निर्माणपछि भिडियो डोरबेल र स्मार्ट लकको व्यवहारिक प्रदर्शनमार्फत ग्राहकहरूले कल रिसिभ गर्ने, ढोका अनलक गर्ने तथा विभिन्न सुरक्षा सुविधाहरू प्रत्यक्ष रूपमा अनुभव गर्न सक्ने छन् ।
कम्पनीका अनुसार अनुभव केन्द्रको मुख्य उद्देश्य ग्राहकलाई उत्पादनको वास्तविक गुणस्तर बुझाउन सहयोग गर्नु हो ।
यसबाट घर, कार्यालय, पसल तथा व्यवसायका लागि कुन सुरक्षा उपकरण उपयुक्त हुन्छ भन्ने निर्णय लिन सहज हुने विश्वास गरिएको छ ।
कम्पनीले अब ग्राहकले सुरक्षा उपकरण खरिद गर्नुअघि प्रविधिलाई आफै परीक्षण, तुलना र अनुभव गरेर आवश्यकताअनुसार सही उत्पादन छनोट गर्न सक्ने जनाएको छ ।
View : 198
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved