Biratnagar, Morang, Nepal
२६ फागुन २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
प्रविधि

इञ्जिनियर्स एशोसिएशनको ६३ औं स्थापना दिवस

उद्‌घोष संवाददाता
४ साउन २०८२, आइतवार

विराटनगर । नेपाल इञ्जिनियर्स एशोसिएशनको ६३ औं स्थापना दिवसका अवसरमा एशोसिएशनको कोशी प्रदेश समितिले विराटनगरमा विविध कार्यक्रम आयोजना गरेको छ ।

कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले उद्घाटन गरेको कार्यक्रममा विविध प्रस्तुतिका साथै सम्मान लगायतका कार्यक्रम गरिएको छ ।

सो कार्यक्रममा धरान उपमहानगरपालिकाका इञ्जिनियर सुरज श्रेष्ठले टाउन प्लानिङ मोडलका बिषयमा प्रस्तुतीकरण प्रस्तुत गरे ।

यस्तै स्वीडेनका एशोसिएट प्राध्यापक इञ्जिनियर डा दिलिप खतिवडाले दिगो विकासका लागि इञ्जिनियरिङ शिक्षा आजको आवश्यकता, पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका सहायक प्राध्यापक सन्तोषकुमार साह तथा इञ्जिनियर बिनिल अधिकारीले कृत्रिम बौद्धिकताका सम्बन्धमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा इञ्जिनियरहरूले वर्तमान अवस्थामा भोग्नुपरेका चुनौती र समाधानका उपायहरूका बिषयमा समेत चर्चा भएको नेपाल इञ्जिनियर्स एशोसिएशन कोशी प्रदेशका अध्यक्ष इञ्जीनियर जगरनाथ साहले बताए ।

पूर्व अध्यक्ष इञ्जीनियर जयनाथ यादवले प्रत्येक वर्षको साउन ३ गते भव्यताका साथ इञ्जीनियर दिवस विविध कार्यक्रमका साथ मनाइने प्रचलन रहेको बताए ।

एशोसिएशनको भवन निर्माणका लागि बिर्तामोडमा जग्गादान गर्ने ठगबहादुर खड्का र श्रीमति तारा खड्कालाई सम्मान गरिएको थियो ।

कोशी प्रदेशमा चार हजार बढी इन्जिनियरहरू रहेकोमा १ हजार १ सय बढी मात्र एशोसिएशनमा आबद्ध रहेको आयोजक समितिले जनाएको छ ।

View : 250

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved