Biratnagar, Morang, Nepal
३० जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

बीमा साक्षरता हाजिरीजवाफमा मेरिल्याण्डलाई उपाधि

उद्‌घोष संवाददाता
३० जेठ २०८३, शनिवार

Advertisement

विराटनगर / वित्तीय साक्षरता र बीमा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयद्वारा आयोजित प्रतियोगिताहरूमा विराटनगरको मेरिल्याण्ड कलेज उत्कृष्ट सावित भएको छ।

 

प्राधिकरणको कोशी प्रदेश कार्यालयले शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीहरूबीच प्रतिस्पर्धा भएको थियो।

उक्त प्रतियोगितामा मेरिल्याण्ड कलेजका हर्ष सिंह, सुरज पासवान र सम्भव भट्टराईको टोली प्रथम हुँदै नगद २० हजार रुपैयाँ पुरस्कार जित्न सफल भयो।

 

त्यसैगरी, शिक्षादीप कलेजका केशव झा, विशेष पौडेल र अलिसा सापकोटाको टोली द्वितीय हुँदै १५ हजार तथा पोखरिया माविका कृष खतिवडा, अनुकुल आचार्य र प्रज्वल आचार्यको टोली तृतीय हुँदै १० हजार रुपैयाँ प्राप्त गर्न सफल भए।

प्रीति देवको अध्यक्षता र मनोज तिवारीको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा विराट कलेज, सिटी कलेज र सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालयलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

 

यसैगरी, सोही कार्यालयको आयोजनामा भएको ‘युवा र बीमा साक्षरता : आर्थिक सुरक्षाको आधार’ विषयक प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा पनि मेरिल्याण्ड कलेजका रजिनश न्यौपाने प्रथम हुँदै १५ हजार रुपैयाँबाट पुरस्कृत भए।

 

सोही प्रतियोगितामा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका दिपेन्द्र यादव द्वितीय हुँदै १० हजार तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका आयाम कट्टेल तृतीय हुँदै ५ हजार रुपैयाँले पुरस्कृत भए ।

 

बीमा सम्बन्धी ज्ञान, चेतना र वित्तीय साक्षरता अभिवृद्धिका लागि यी कार्यक्रमहरू कोशेढुङ्गा सावित भएको नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले जनाएको छ।

View : 10

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved