Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

व्यवसाय र मानवअधिकारबारे छलफल

उद्‌घोष संवाददाता
७ जेठ २०८३, बिहिवार

विराटनगर । मोरङ उद्योग व्यापार संघको समन्वयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले बुधबार संघमा ‘व्यवसाय र मानवअधिकार’ विषयक छलफल कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश प्रमुख वीरबहादुर बुढामगर र मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह सहभागी थिए ।

विभिन्न औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानका करिब ५० जनाको सहभागिता रहेको कार्यक्रममा मानवअधिकार अभियन्ता देवी बाँस्कोटाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा व्यवसाय र मानवअधिकारबीचको अन्तरसम्बन्ध, उद्योगी–व्यवसायीको संरक्षण तथा सम्बद्र्धनमा राज्यको भूमिका, सामाजिक उत्तरदायित्व तथा संयुक्त राष्ट्रसंघको व्यवसाय र मानवअधिकार सम्बन्धी २०११ को सिद्धान्तलगायत विषयमा जानकारी दिंदै छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

View : 106

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved