Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

सुनसरी–२ मा रास्वपाका थापा विजयी

उद्‌घोष संवाददाता
२४ फागुन २०८२, आइतवार

सुनसरी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापा विजयी भएका छन् । थापा ५७ हजार ३४८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत राजेन्द्रकुमार लम्सालले जानकारी दिए ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत, नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार सुजन लामाले ८ हजार ३०३ मत तथा श्रम संस्कृति पार्टीका चेतन राईले ७ हजार ४८४ मत प्राप्त गरेका छन् ।

यो क्षेत्रमा विभिन्न १९ दल र स्वतन्त्रका नौसहित २८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

इटहरी, इनरुवा, देवान्गञ्ज, राधुनी, हरिनगरा गरी ३० वडा समेटिएको यस निर्वाचन क्षेत्रमा १ लाख ५८ हजार ९१० मतदाता रहेकामा १ लाख १ हजार ४ मत खसेको थियो ।

View : 53

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved