Biratnagar, Morang, Nepal
२३ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

आदर्श माविको प्रवेश परीक्षामा एक हजार ७ सय विद्यार्थी सहभागी

उद्‌घोष सम्वाददाता
२३ वैशाख २०८२, मङ्गलवार

विराटनगर । आदर्श माध्यमिक विद्यालय विराटनगरले शैक्षिक सत्र २०८२ का लागि सोमबार लिएको प्रवेश परीक्षामा  एक हजार ७ सय ६४ जना विद्यार्थी सहभागी भएका छन् । 

कक्षा ४ देखि कक्षा ९ सम्म २४० जना विद्यार्थीका लागि लिएको प्रवेश परीक्षामा १ हजार ७ सय ६४ जना विद्यार्थीहरू  सहभागी भएको विद्यालयले जनाएको छ । 

सो विद्यालयले कक्षा ४ देखि कक्षा ९ सम्मका लागि प्रत्येक कक्षामा ४० जना भर्ना लिने गरी प्रवेश परीक्षा लिएको थियो ।  

तर प्रवेश परीक्षामा कक्षा ४ मा १ सय २४ जना, कक्षा ५ मा १ सय ९२ जना, कक्षा ६ मा २ सय ८० जना, कक्षा ७ मा ३ सय ३४, कक्षा ८ मा ४ सय २० कक्षा र कक्षा ९ मा ४ सय १४ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएको विद्यालयले जनाएको छ ।

पछिल्लो समय आदर्श माध्यमिक विद्यालयमा भएको शैक्षिक सुधारका कार्यक्रमको प्रभावका कारण आकर्षण बढ्दै गइरहेको विद्यालयको दावी छ ।

कक्षा बालविकासदेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली माध्यममा पढाइ हुँदै आएको सो विद्यालयमा प्राविधिक धारका डिप्लोमाका कक्षाहरू तथा समावेशी शिक्षाका रूपमा अपाङ्गता भएका बालबालिकाहरूका लागि सिकाइ वातावरण पनि सुरू गरिएको जनाइएको छ ।

View : 52

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved