विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका दुई महत्वपूर्ण संकायमा नयाँ डिन नियुक्त गरिएको छ ।
विश्वविद्यालयले कला, कानुन तथा शिक्षा संकायको डिन पदमा प्राडा कृष्ण पाण्डे तथा विज्ञान तथा प्रविधि संकायको डिन पदमा प्रा अजयकुमार साहलाई नियुक्त गरेको हो ।
लामो समयदेखि प्राध्यापन तथा अनुसन्धान क्षेत्रमा क्रियाशील प्राडा पाण्डेले अब कला, कानुन र शिक्षा विधाअन्तर्गतका शैक्षिक कार्यक्रमहरू, पाठ्यक्रम परिमार्जन तथा प्रशासनिक कार्यको नेतृत्व सम्हाल्ने छन् ।
त्यसैगरी, विज्ञान तथा प्रविधि संकायको नेतृत्व पाएका प्रा अजयकुमार साहले आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान तथा प्राविधिक शिक्षालाई विश्वविद्यालयमा थप प्रभावकारी बनाउन योजनाबद्ध रूपमा काम अघि बढाउने जिम्मेवारी पाएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय, चिकित्साशास्त्र संकायमा डीनमा प्राडा परिचा उपाध्याय ढुङ्गेल र इञ्जिनियरिङ संकायको डीनमा प्राडा प्रचण्डमान प्रधान नियुक्त भइसकेका छन् ।
यस अघि कला, शिक्षा तथा कानुन संकायको डीनमा प्राध्यापक राम ढकाल र विज्ञान तथा प्रविधि संकायमा नवीन भट्टराई निमित्तको रुपमा कार्य गर्दै आएका थिए ।
View : 107
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved