Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विराट मेडिकलको एशोसिएट हस्पिटल डाइरेक्टरमा प्राडा यादव नियुक्त

उद्‌घोष संवाददाता
२६ चैत २०८२, बिहिवार

विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलको एशोसिएट हस्पिटल डाइरेक्टमा वरिष्ठ सर्जन तथा प्राध्यापक डा. रोहितप्रसाद यादव नियुक्त भएका छन् ।

हस्पिटलको सञ्चालक समितिको बैठकले यादवलाई एशोसिएट हस्पिटल डाइरेक्टमा नियुक्त गरेको हो । यसअघि उनी सोही हस्पिटलको सर्जरी विभाग प्रमुखको रूपमा कार्यरत थिए ।

चिकित्सा क्षेत्रमा लामो समयदेखि सक्रिय डा यादव एक अनुभवी सर्जन, कुशल चिकित्सक तथा सफल प्राध्यापकका रूपमा परिचित छन् । 

वर्षौंदेखि सर्जरी सेवा, चिकित्सा शिक्षा र अस्पताल व्यवस्थापनसँग सम्बन्धित विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनले हजारौं बिरामीको सफल उपचार गरेका छन् । सर्जरी विभागको नेतृत्व गर्दै उनले विभागीय सेवा विस्तार, आधुनिक उपचार पद्धतिको प्रयोग तथा चिकित्सकीय सेवाको गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

आफनो नयाँ जिम्मेवारीबारे प्रतिक्रिया दिंदै प्राडा यादवले भने, ‘विराट मेडिकल कलेज टिचिङ हस्पिटलले मप्रति देखाएको विश्वास र दिएको जिम्मेवारीप्रति म अत्यन्त आभारी छु । अस्पताल प्रशासन, चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरूसँग सहकार्य गर्दै बिरामीलाई अझ गुणस्तरीय, सहज र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने दिशामा निरन्तर प्रयास गर्नेछु ।’

View : 145

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved