Biratnagar, Morang, Nepal
२३ असार २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

तुलसी सहकारीबाट ऋण लिने ३७७ ऋणीको नाम सार्वजनिक

उद्‌घोष संवाददाता
२३ असार २०८३, मङ्गलवार

Advertisement

काठमाडौं । समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको हो । यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ ।

त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ । अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ ।  

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ ।

View : 45

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved