विराटनगर । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नेपाली तथा विदेशी नागरिकको ज्यान गएको र राष्ट्रिय सम्पत्तिमा अपूरणीय क्षति भएको घटनाप्रति विष्णुमाया पुस्तकालय र विष्णुमाया सामुदायिक भवनले दुःख व्यक्त गरेका छन् ।
राष्ट्रिय शोक तथा संकटको अवस्थालाई दृष्टिगत गर्दै दुवै संस्थाले संयुक्त रूपमा आयोजना गर्दै आएको हरितालिका तीजको रमाइलो कार्यक्रम स्थगित गरेका छन् ।
कार्यक्रमका लागि छुट्याइएको सम्पूर्ण खर्च तथा थप रकमसमेत गरी ५१ हजार १ सय १० सहयोग गर्ने निर्णय गरिएको पुस्तकालयका कार्यवाहक अध्यक्ष शिवबहादुर कार्कीले जानकारी दिए ।
संस्थाहरूले सो रकम भोटेकोशी बाढीपीडितको उद्धार तथा सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय गरेका छन् ।
सामुदायिक भवन व्यवस्थापन समितिका अध्यक्ष दामोदरप्रसाद घिमिरेका अनुसार विगतका वर्षहरूमा दुवै संस्थाले संयुक्त रूपमा नेपाली धर्म–संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले तीज कार्यक्रम आयोजना गर्दै आएका थिए ।
तर यसपटक देश शोकमा रहेकाले कार्यक्रम स्थगित गरी बाढीपीडितलाई सहयोग गर्ने निर्णय गरिएको हो ।
View : 19
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved