विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिको पदाधिकारी निर्वाचन पनि सम्पन्न भएको छ ।
अधिवेशनअन्तर्गत पहिलो चरणमा सभापति र सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि मतदान सम्पन्न भएको हो ।
निर्वाचन समितिका अनुसार दोस्रो चरणको मतदानमा कुल २४३ मत खसेको थियो । मतगणनाबाट उपसभापतिमा होमराज दाहाल १४१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी गोविन्द भट्टराईले ९७ मत प्राप्त गरेको जनाइएको छ ।
महामन्त्री पदमा निरज कटवाल १५० मतसहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी लक्ष्मण भण्डारीले ८५ मत प्राप्त गरेका छन् ।
दुई सहमहामन्त्री पदका लागि भएको प्रतिस्पर्धामा सुरेन्द्र कार्की १४६ र मञ्जरी घिमिरे ९५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
सहमहामन्त्री पदका अन्य उम्मेदवारहरू बिन्दु सिटौला (लक्की) ले ७५, सम्झना खातीले ३७, जुनाल गदालले ३८, युवराज खतिवडाले ३८ र भगवती रोका कार्कीले ३१ मत प्राप्त गरेका थिए ।
यसअघि सम्पन्न अध्यक्ष पदको निर्वाचनबाट चन्द्रबहादुर राई निर्वाचित भइसकेका छन् ।
अधिवेशनमार्फत रास्वपा कोशी प्रदेशले नयाँ नेतृत्व चयन गरेसँगै आगामी संगठन विस्तार र प्रदेशस्तरीय राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको नेता कार्यकर्ताहरूले बताएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरूले पार्टीलाई प्रदेशभर थप सुदृढ बनाउँदै जनताका मुद्दालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
View : 100
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved