Biratnagar, Morang, Nepal
९ असार २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

पुरानै दलको शैलीमा महाधिवेशन लम्ब्याएका रवि लामिछानेले भने- 'पुरानै शैलीले फरक परिणाम सम्भव छैन'

उद्‌घोष संवाददाता
९ असार २०८३, मङ्गलवार

Advertisement

काठमाडौं । पुरानै राजनीतिक दलहरुको शैलीमा पहिलो महाधिवेशनको समय लम्ब्याउँदै लगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंगलबार अपरान्ह बल्लतल्ल सुरु भएको बन्दशत्रमा भने पार्टीभित्र पुरानै राजनीतिक शैली दोहोरिए अपेक्षित परिणाम हासिल नहुने बताएका छन् ।

चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले सबै प्रतिनिधिहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।

उनले पुरानै राजनीतिक अभ्यास, आन्तरिक खिचातानी र शक्ति प्राप्त गर्ने दौडले पार्टीलाई सफलतामा नपुर्याउने बताए । 

उनले फरक परिणाम चाहिएको भए सोच र कार्यशैलीमै परिवर्तन आवश्यक रहेको स्पष्ट पारे ।

‘म तपाईहरुलाई सम्मान गर्न चाहान्छु । जो जहाँ जसरी आउनुभएको भएपनि हाम्रो उद्देश्य साझा छ । लक्ष्य प्राप्त गर्ने तरिका पनि एकै हुनुपर्छ । राजनीतिक चरित्र उस्तै रह्यो, राजनीतिक खिचातानी उस्तै रह्यो, शक्ति प्राप्त गर्ने दौड उस्तै रह्यो, झन्झन् शक्तिशाली बन्नका लागि गुट–उपगुटको संघर्ष उस्तै रह्यो भने हामीबाट आउने परिणाम उस्तै हुन्छ फरक हुँदैन,’ उनले भने, ‘फरक परिणाम निकाल्ने हो भने केही फरक त सोच्नैपर्छ । जो जहाँ जसरी आउनुभएको भएपनि हाम्रो उद्देश्य साझा छ ।'

लामिछानेले जहाँबाट जसरी आएको भए तापनि निलो रङभित्र सवैले राष्ट्रका लागि गर्नुपर्ने प्रतिबद्धता सँगै मिसिएर आएको बताए । उनले हिजोकै शैलीले फरक परिणाम निकाल्ने कसैले पनि दिवास्वप्न देखेको छ भने त्यो असफलतातर्फ जाने बताए ।

View : 78

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved