Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

सरस्वती स्कुलले जित्यो क्रिकेटको उपाधि

उद्‌घोष संवाददाता
१० पुष २०८२, बिहिवार

विराटनगर । साविक विजेता सरस्वती स्कुलले चौथो विराटनगर हव अन्तरस्कुल क्रिकेट प्रतियोगितामाको उपाधि जितेको छ । 

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा बुधबार भएको फाइनल खेलमा सरस्वती स्कुलले सत्यनारायण स्कुललाई ४० रनले पराजित गरी उपाधि जितेको हो । 

टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरको खेलमा १७ दशमलव १ बलमा सबै विकेट गुमाई ८३ रनको सामान्य योगफल तयार पारेको थियो । 

जवाफमा ८४ रनको लक्ष पछ्याएको सत्यनाराणले १२ दशमलव ३ बलमा सबै विकेटको गुमाई ४३ रनमा सीमित भयो  । सरस्वतीका प्रशान्त यादव र सुरज मण्डल  फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भए ।

विजयी तथा अन्य खेलाडीलाई मोरङ जिल्ला क्रिकेट संघका उपाध्यक्ष ऋषिवचन यादव, हिसान कोशीका सदस्य मनिष भट्टराई, नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठ, नेपालका पूर्वखेलाडी सिद्धान्त लोहनी, मिल्स क्रिकेट क्लबका अध्यक्ष मुरली चौधरी लगायतले पुरस्कार तथा ट्रफी वितरण गरे ।

View : 167

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved