Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

इटहरी साहित्यिक समूहले दुई स्रष्टालाई पुरस्कृत गर्ने

उद्घोष सम्वाददाता
४ फागुन २०८०, शुक्रवार

सुनसरी । इटहरी साहित्यिक समूहले प्राडा चुडामणि बन्धुलाई सम्मान गर्ने भएको छ ।

इटहरी साहित्यिक समूहका संस्थापक अध्यक्ष स्वर्गीय धरणीधर दाहालको ९७ औं जन्मजयन्तीको अवसरमा प्रत्येक वर्ष गरिने श्रष्टा सम्मान यसवर्ष ललितपुर निवासी चुडामणि बन्धुलाई नगदसहित सम्मान गर्ने भएको हो ।

इटहरी साहित्यिक समूहको आयोजना र धरणीधर दाहाल स्मृति प्रतिष्ठानको सहआयोजनामा फागुन ५ गते शनिबार एक कार्यक्रम आयोजना गरी उनलाई सम्मान गरिने बिहीबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको छ ।

यसैगरी गायक तथा संगितकार बुलु मुकारुङलाई पनि सम्मान गरिने आयोजक इटहरी साहित्यिक समूहका सचिव जगदिश सापकोटाले जानकारी दिए ।

View : 123

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved