विराटनगर । रसुवामा भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूप्रतिको राहतका लागि ऐक्यबद्धता जनाउँदै लिलिपुट स्कुल परिवारले तीन लाख १० हजार २४१ रुपैयाँ २५ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
स्कुलको सहयोगमा विद्यालयका शिक्षक तथा कर्मचारीहरूको व्यक्तिगत योगदानसमेत समावेश रहेको जनाइएको छ । विपद्को कठिन समयमा पीडित परिवारहरूसँग उभिनु सामाजिक दायित्व हो भन्ने भावनाका साथ सहयोग रकम जम्मा गरिएको जनाइएको छ ।
विद्यालयले बालबालिकालाई पाठ्यपुस्तकको ज्ञान मात्र होइन, मानवता, संवेदना र समाजप्रतिको जिम्मेवारी पनि सिकाउनुपर्छ भन्ने विश्वास लिएको स्कुलले जनाएको छ ।
स्कुलको सानो प्रयासले प्रभावित परिवारहरूलाई केही राहत अवश्य मिल्ने आशा राखेको जनाइएको छ ।
View : 155
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved