Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

शुक्रबारदेखि मिल्स गोल्डकप, तयारी पूरा

उद्घोष सम्वाददाता
६ वैशाख २०८१, बिहिवार

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटनसँगै पहिलो खेल शुक्रबार हुँदैछ । 

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार १०० रुपैयाँ र उपविजेताले १ लाख ११ हजार १०० रुपैयाँ प्राप्त गर्ने गोल्डकपका संयोजक मनोज खड्काले बताए । 

प्रतियोगितामा प्रदेश स्तरीय ‘ए’ डिभिजनका ८ वटा टिमको सहभागिता रहने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख ६८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले जानकारी दिए ।

प्रतियोगिताबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उद्घाटन खेल सशस्त्र प्रहरी बल (एपीएफ) पकली र नगर खेलकुद विकास समिति बर्दिबासबीच हुने ट्रष्टका अध्यक्ष विष्णुं डंगोलले बताए ।

एपीएफ पकली र नगर खेलकुद बर्दिबाससहित टिडब्लूवाइसी विराटनगर, कनकाई स्पोर्टिङ क्लब सुरुङ्गा, पेमा युवा क्लब विराटनगर, फियर फुटबल क्लब धरान, कोशी प्रदेश प्रहरी कार्यालय रानी र गोलबजार स्पोर्टिङ क्लब सिराहाले प्रतिष्पर्धा गर्ने जनाइएको छ ।

‘रानी मिल्स एरियाको ऐतिहासिक पहिचान गराऔं, अतितदेखि वर्तमानसम्म फुटबल खेलको गरिमा बढाऔं’ भन्ने नाराका साथ प्रतियोगिता हुन लागेको हो । २०७२ सालमा मिल्स गोल्डकप फुटबल ट्रष्टको स्थापना गरेर प्रतियोगिता आयोजना थालिएको जनाइएको छ । गर्मी बढेका कारण प्रतियोगिता अन्तरगतको खेलहरू साँझ सुरु हुने जनाइएको छ ।

View : 119

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved