विराटनगर । विगत २६ वर्षदेखि सञ्चालित इस्टर्न कलेज अफ इन्जिनियरिङले साना सिंचाइ कार्यक्रम (सिप) सँग सहकार्य विस्तार गर्ने उद्देश्यकका साथ सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
स्विजरल्याण्ड सरकार अन्तर्गत विकास तथा सहयोगका लागि सञ्चालित सिपसँग इन्जिनियरिङ शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ गत शुक्रबार हस्ताक्षर गरिएको हो ।
त्यसैगरी दुवै संस्थाबीच शैक्षिक, प्राविधिक तथा अनुसन्धान सम्बन्धी गतिविधिहरुमा सहकार्य हुने अपेक्षाका साथ उक्त समझदारीपत्रमा इस्टर्न कलेज अफ इन्जिनियरिङको तर्फबाट कलेजका प्राचार्य ई अमित सुराना तथा साना सिंचाइ कार्यक्रम (सिप) को तर्फबाट टोली नेता गुणराज श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापत्र अन्तर्गत सिपले विद्यार्थीहरुलाई सेमिनार, अन्तरक्रिया, इन्टर्नशिप, फिल्ड एक्स्पोजर र परियोजना कार्यहरुमा सहयोग गर्नेछ ।
यस सहकार्यले विद्यार्थीहरुलाई क्षेत्रीय तथा व्यावहारिक ज्ञान हासिल गर्न सहयोग पुग्ने, उद्योग एवम् शैक्षिक संस्थाबीचको सम्बन्ध सुदृढ हुने तथा भविष्यका दक्ष इञ्जिनियर उत्पादनमा टेवा पुग्ने विश्वास कलेजले लिएको प्रँचार्य अमित सुरानाले जानकारी दिए ।
View : 225
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved