विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालय (मप्रावि)का उपकुलपति डा सुवासश्री पोखरेलले आंगिक शिक्षालयमा इञ्जिनियरिङ बिषय अध्यनरत विद्यार्थीहरुले अब आफ्नै ठाउँमा बीटेक अध्यन गर्न पाउने बताएका छन् ।
विश्विद्यालयको आंगिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकको विद्यार्थी अभिमुखीकरण कार्यक्रममा बोल्दै उपकुलपति डा पोखरेलले तीन बर्षे इञ्जिनियरिङ उत्तीर्ण विद्यार्थीहरुले अब विश्वविद्यालयमै स्नातक तहको बीटेक (ब्याचलर अफ टेक्नोलोजी इन इञ्जिनियरिङ) अध्यन गर्न पाउने बताएका हुन् ।
उकुलपति पोखरेलका अनुसार आंगिक शिक्षालयमा विभिन्न बिषयमा तीन बर्षे डिप्लोमा उत्तीर्ण विद्यार्थीहरुका लागि मनमोहन विश्वविद्यालयले बीटेक इञ्जिनियरिङको पाठक्रम तयार गरिसकेकोले अब यसै शैक्षिक सत्रदेखि पढाइ सञ्चालन गराउँदैछ ।
चालु शैक्षिक सत्रमा विभिन्न बिषयमा डिप्लोमा इन इञ्जिनियरिङ पढ्न भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरण गराउँदै उपकुलपति पोखरेलले भने ‘अब आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकबाट उत्तीर्ण विद्यार्थीहरुले थप उच्च शिक्षा पढ्न अन्यत्र जानुपर्ने पर्नेछैन हामीले नेपालमै पहिलो पटक बीटेकको पाठक्रम तयार गरेर शैक्षिक सत्र सञ्चालन गराउँदैछौ ।’
मनमोहन प्राविधिक विश्वविद्यालय प्राविधिक तथा प्राविधिक शिक्षा र तालिम (टीबीईटी) विश्वविद्यालय भएकोले आंगिक शिक्षालयहरुमार्फत निरन्तर आत्मनिर्भर जनशक्त्ति उत्पादनमा जोड दिदै गएको उपकुलपति पोखरेलले जानकारी दिए ।
प्राचार्य इञ्जिनियर सुदिप अधिकारीले डिप्लोमा इन इञ्जिनियरिङ अध्यन गर्ने विद्यार्थीहरुको पढाईको गुणस्तरका लागि आफूहरु सबै प्रकारले सधै सक्षम र सफल भएकै कारण मनमोहन पोलिटेक्निकका चार पटक देशकै उत्कृष्ट शिक्षालय बन्न सफल भएको बताए ।
उनका अनुसार पोलिटेक्निकबाट डिप्लोमा हासिल गरेका विद्यार्थीहरु देशमा मात्र नभएर विदेशमा समेत रोजगारीमा सक्षम सावित भैरहेका छन । त्यो भन्दा धेरै आफै आत्मनिर्भर बनेर उद्यम सञ्चालन गरिरहेका छन । प्रचार्य अधिकारीले भने , ‘हाम्रा विद्यार्थीहरु निजी वा सरकारी क्षेत्रमा देशैभर सफल भएका छन यो हाम्रो गर्व हो ।,’
पोलिटेक्निक प्रशासन प्रमुख जानकी लेखीले अध्यनरत विद्यार्थीहरुलाई आफूहरुले जागिर बनाउन मात्र हैन आफै आत्मनिर्भर हुने उद्यमी उत्पादन गर्न लगानी गर्दै आएको बताइन ।
विद्यार्थीहरुलाई स्वागत गर्दै विभागीय प्रमुख सन्दिप दहालले मनमोहनमा अध्ययन गर्ने विद्यार्थीहरुले अनुशासनको पालना र आफनो पढाइको गुणस्तरमा सधै ख्याल गर्ने गरेकै कारण व्यवहारिक जीवनमा पनि सफलता पाउन सकेको बताए ।
पोलिटेक्निकको सिभिल, इलेक्ट्रिक, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, आर्किटेक्चर, आईटी र मेकानिकल लगायतका इञ्जिनियरिङ बिषय अध्यन गर्न भर्ना भएका दुईसय जना नयाँ विद्यार्थीहरुलाई विभागीय प्रमुखहरु युवराज चौधरी, रामकुमार यादव, दिपेन्द्र यादव लगायतले स्वागत गरेका थिए ।
मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा शुक्रबार आयोजित सो कार्यक्रममा विश्वविद्यालय संरक्षण समिति सदस्यहरु सत्यनारायण चौधरी, काशीम मियाँ, बलभद्र चौधरी, सेवा आयोगका अध्यक्ष दामोदर थापा, परीक्षा नियन्त्रण भीमप्रसाद काप्mलेलगायत दुहबी, बुढीगंगा, ग्रामथान पालिका शिक्षा अधिकृतहरुको सहभागिता थियो ।
View : 26
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved