Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

कोशी टिभेट सेन्टरको बैठक सम्पन्न

उद्‌घोष संवाददाता
३० पुष २०८२, बुधवार

विराटनगर । कोशी प्रदेशमा उद्योगहरूको नेतृत्वमा आधारित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टिभेट) को सुधारका लागि गठित स्टेरिङ कमिटीको बैठक सम्पन्न भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको अगुवाई तथा सगरमाथा आइल्याबको सहयोगमा मंगलबार कोशी टिभेट सेन्टर फर एक्सिलेन्सको स्टेरिङ कमिटीको बैठक सम्पन्न भएको हो ।

बैठकले कोशी प्रदेशमा उद्योग–नेतृत्वमा आधारित, माग–आधारित तथा समन्वयमुखी टिभेट सुधार प्रक्रियालाई औपचारिक रुपमा सुरु गरेको जनाइएको छ ।

बैठकमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का निमित्त निर्देशक दुर्गा ओझा, मोरङ उद्योग व्यापार संघका कार्यकारी निर्देशक भरत प्रसाईँ, उद्योग संगठन मोरङका महानिर्देशक चुडामणि भट्टराई, नेपाल उद्योग बाणिज्य महासंघका तर्फबाट प्रतीक राउत, सगरमाथा आइल्याबका टिम लिडर गणेश र प्रितिका बस्नेत लगायतको उपस्थिति रहेको महासंघका कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिए ।

View : 451

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved