विराटनगर । नेपाल बीमा प्राधिकरणले ५७ औं स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी मोरङसँगको प्राविधिक सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ८१ जनाले रक्तदान गरेको नेपाल बीमा प्राधिकरण विराटनगरका प्रमुख विनोद कुमार पोखरेलले बताए ।
जीवन, निर्जीवन, लघु बीमकका कर्मचारी, बीमा अभिकर्ता, बीमा सर्भेयर लगायतले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी मोरङका अध्यक्ष सुकदेव मण्डलले रगतको अभाव धेरै हुँदै गइरहेको अवस्थामा युवा पुस्ता विदेशिंदा रक्तदाताको अभाव हुने गरेको बताए । यस्तो अवस्थामा रगतको अभाव कम गर्न योगदान गर्ने बताए ।
प्राधिकरणको आयोजनामा बिहीबार तिनपैनीबाट महेन्द्र चोकसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
View : 138
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved