विराटनगर । भारतीय फिल्म जगतका उत्कृष्ट व्यक्तित्व दादासाहेब फाल्केको १५६औंं जन्म जयन्तीको अवसरमा विराटनगर निवासी गीतकार अनिता सोनी पुरस्कृत भएकी छन् ।
शनिबार मुम्बईस्थित मुकेश पटेल अडिटोरियममा सोनीलाई नेपालबाट उत्कृष्ट गीतकार विधाको पुरस्कार प्रदान गरिएको जनाइएको छ ।
समारोहमा बलिउड संगीत क्षेत्रका उत्कृष्ट संगीतकार अनु मलिक, गीतकार समिर, गायकहरू सोनु निगम, शान, मन्दाकिनी लगायतका विभिन्न विधाका व्यक्तित्वहरूको सहभागिता थियो ।
गितकार सोनी लामो समयदेखि गीत लेखन क्षेत्रमा सक्रिय रहेकी छन् । उनका दुई दर्जन बढी हिन्दी र नेपालीका भिडियोहरू समेत प्रसारण भइरहेका छन् ।
View : 54
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved