विराटनगर । विज्ञान संकायमा उत्कृष्ट नजिता प्राप्त गर्दै आएको विराटनगर–१० स्थित अरनिको आवासीय माविका कक्षा ११ मा भर्ना भएका २८ औं ब्याजका विद्यार्थीहरूलाई शनिबार एक कार्यक्रमका बिच स्वागत गर्दै अभिमुखीकरण गरेको छ ।
कलेजले दुई दिने अभिमुखीकरणको आयोजना गर्दै विद्यार्थीहरूलाई शैक्षिक वातावरण र कलेजको नीति नियमबारे विद्यार्थीहरूलाई जानकारी गराएको छ ।
यो शैक्षिक सत्रमा अरनिकोको विज्ञान संकायतर्फ कक्षा ११ मा १ हजार २५३ जना विद्यार्थीहरू भर्ना भएको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए ।
शनिबार बायोलोजीका विद्यार्थीहरूका लागि अभिमुखीकरण गरिएको र आइतबार कम्प्युटर विज्ञानतर्फका विद्यार्थीहरूलाई सहभागी गराइने उनले बताए ।
विद्यार्थीहरू मोटिभेटर स्पिकर (उत्प्रेरक वक्ता) डा. तारा गिरीले सहजीकरण गरेका थिए । उनले विद्यार्थीहरूलाई सफल हुने र अध्ययनलाई रुचिपूर्ण बनाउने विषयमा रोचक प्रस्तुतीकरणमार्फत सहजीकरण गरेका थिए ।
कलेजले सोही अवसरमा यस बर्षको एसईई परीक्षामा ३.९१ जीपीए ल्याएर उतीर्ण हुने जेभी प्रवीणलाई ‘राजबहादुर तथा कमला कुँवर छात्रवृत्ति’ प्रदान गरेको छ ।
साथै, कलेजको प्रवेश परीक्षामा प्रथम हुने सुयोग पोखरेल, द्वितीय हुने प्रिन्स मण्डल र कुलानन्दकुमार यादव र तृतीय रोहितकुमार साहलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको थियो । उत्कृष्ट १० विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।
अरनिकोका निर्देशक भरतराज दाहालले अरनिकोको शैक्षिक विरासतलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
कक्षा ११ मा भर्ना भएका विद्यार्थी सुलभ खड्का र अभिभावक तीर्थराज आचार्यले कलेजको शैक्षिक वातावरणबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए । कार्यक्रमका अवसरमा विद्यार्थीहरूले विभिन्न गीत संगीत र नृत्य प्रस्तुत गरेका थिए ।
View : 114
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved