Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

प्रदेश कुस्तीको उपाधि मोरङलाई

उद्‌घोष संवाददाता
९ जेठ २०८२, शुक्रवार

विराटनगर । झापास्थित गौरादहमा सम्पन्न प्रथम कोशी प्रदेश स्तरीय कुस्ती प्रतियोगिताको उपाधि मोरङले जितेको छ । 

जेठ ४ देखि ६ गते सम्म गौरादह कभर्ड हलमा भएको प्रतियोगिताको विभिन्न तौल समूहमा ९ पदक सहित मोरङले उपाधि जितेको हो । प्रतियोगितामा ५ पदक सहित झापा दोस्रो र ३ पदक सहित सुनसरी तेस्रो भएको छ ।

प्रतियोगितामा महिलातर्फ मोरङले विभिन्न तौल समूहमा ५ पदक जितेको हो । मोरङका लागि ५० केजी तौलमा चानमुनी हेमरम, ५५ केजीमा सुनिताकुमारी साह, ५७ केजीमा सुप्रिया कार्की, ७२ केजीमा प्राप्ती ठाकुर र ७६ केजी समूहमा सुस्मिता राजवंशीले पदक जितेका थिए ।

महिला समूहको ५३ केजी तौल समूहमा सुनसरीकी प्रियंका सरदार, ६२ केजीमा झापाकी प्रतिमा साह, ६५ केजीमा ताप्लेजुङकी ज्योति इवारम प्रथम भए । महिला तर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडी मोरङकी सुप्रिया कार्की घोषित भइन् । 

प्रतियोगिताको पुरुषतर्फ ५७ केजी तौल समूहमा झापाका फुर्वा लामा शेर्पा, ६१ केजीमा सुनसरीका नितेशकुमार यादव, ६५ केजीमा मोरङका विकास राजवंशी, ७० केजीमा मोरङका सविन राजवंशी, ७४ केजीमा झापाका सुमन श्रेष्ठ प्रथम भएका थिए । 

त्यस्तै, पुरुषतर्फ ७९ केजीमा झापाका संगम मुण्डा, ८६ केजीमा दुर्गानन्द यादव, ९२ केजीमा मोरङका जयप्रकाश साह, ९७ केजीमा झापाका रिजन श्रेष्ठ र १२५ केजीमा मोरङका इन्द्र राजवंशी प्रथम भए ।

पुरुषतर्फको उत्कृष्ट खेलाडी झापाका फुर्वा लामा शेर्पा भएको जिल्ला खेलकुद विकास समिति झापाका कार्यलय प्रमुख विष्णु नेम्वाङले जानकारी दिए । 

जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा सम्पन्न प्रतियोगितामा कोशी प्रदेशको ४ जिल्लाको सहभागिता थियो ।

View : 668

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved