Biratnagar, Morang, Nepal
२८ भदौ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

विराट बहिरा माविका १०० विद्यार्थीलाई नेपाल टेलिकमद्वारा स्कुल ब्याग वितरण

उद्‌घोष संवाददाता
२७ भदौ २०८३, शनिवार

Advertisement

विराटनगर  । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, विराटनगरले संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत विराट बहिरा माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग (झाेला)  वितरण गरेको छ।

शुक्रबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच बहिरा अपाङ्गता भएका १०० जना छात्र–छात्रालाई ब्याग प्रदान गरिएको हो।

साे कार्यक्रममा नेपाल टेलिकमका प्रबन्धक रामनारायण महतो, व्यापार अधिकृत रेनुका कोइराला तथा प्राविधिक अधिकृत शेखर आचार्यले ब्याग वितरण गरेका थिए । 

 

 साे अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारानाथ भट्टराई, प्रधानाध्यापक मीनु अधिकारीलगायत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

 

सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न तथा फरक क्षमता भएका विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले ब्याग वितरण गरिएको विद्यालयका लेखापाल मो. मोहसिनले जानकारी दिए ।

View : 251

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved