विराटनगर । शिक्षादीप कलेजले कक्षा ११ मा विज्ञान संकायका ६९ जना विद्यार्थी सम्मानित भएका छन् । कलेजले तेस्रो त्रैमासिक परीक्षामा ७५ प्रतिशतभन्दा बढी ग्रेस अंक ल्याउने विद्यार्थीहरूलाई सम्मानित गरेको हो ।
उत्कृष्ट अंक ल्याउने मध्ये सर्वोत्कृष्ट १० जनालाई मंगलबार नगद पुरस्कार समेत प्रदान गरिएको जनाइएको छ । कलेजको विज्ञान संकायका करीव ९५० जना विद्यार्थीहरू मध्ये सिरिन भट्टराईले ९४ दशमलव २ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट घोषित भइन् ।
त्यस्तै सकिल अहमद हकले ९४ प्रतिशत ल्याएर दोस्रो र सौगात सुवेदीले ९२ दशमलव ५ प्रतिशत अंकका साथ तेस्रो भएका थिए ।
उनीहरूलाई कलेजका प्राचार्य ज्ञानु खड्काले नगदसहित प्रमाणपत्रले सम्मानित गरेका हुन् । प्राचार्य खड्काले विद्यार्थीहरूकै लगनशिलताले गर्दा उनीहरू निरन्तर सफलता प्राप्त गरिरहेको बताए । उनले अझै राम्रो नतिजाका लागि मेहेनत गर्न विद्यार्थीहरूलाई आग्रह गरे ।
विद्यार्थीहरूलाई कलेजका निर्देशक भूपेन्द्र दाहाल, विज्ञान संकाय संयोजक नवीन रोय लगायतले प्रमाणपत्र प्रदान गरेको कलेजकै निर्देशक रामचन्द्र अधिकारीले जानकारी दिए ।
View : 103
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved