Biratnagar, Morang, Nepal
२४ जेठ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

सक्कली–नक्कलीका लागि ओएसएले सेमिनार

उद्‌घोष संवाददाता
२४ जेठ २०८३, आइतवार

विराटनगर । विराटनगरको ट्राफिक चोकस्थित ओएसएस कस्मेटिकले बजारमा नक्कली कस्मेटिक सामग्रीको बढ्दो प्रयोगलाई निरुत्साहित गर्न सौन्दर्यकर्मीहरूलाई गुणस्तरीय उत्पादनबारे सचेत गराउने अभियानको थालनी गरेको छ । सोही क्रममा ओएसएसले शनिबार विराटनगरमा बृहत् सेमिनार गरेको छ ।

गुणस्तरीय कस्मेटिक उत्पादनको महत्वबारे जानकारी दिने उद्देश्यले आयोजित सो सेमिनारमा मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट २५० जना ब्युटिसियनहरूको सहभागिता रहेको थियो ।

पछिल्लो समय बजारमा ब्रान्डेड सामानको नाममा ‘कपी’ वा नक्कली सामग्रीहरू प्रशस्त आउन थालेकाले त्यसबाट उपभोक्ता र व्यवसायी दुवैलाई जोगाउन सेमिनार आयोजना गरिएको ओएसएस कस्मेटिककी प्रबन्ध निर्देशक रीता ढकालले बताइन् । 

उनले ग्राहकहरूले महँगो मूल्य तिरेर पनि नक्कली सामान पाइरहेको अवस्था यस्तो सेमिनारले सही प्रयोग र नक्कली सामान चिन्न सक्ने क्षमता बढाउने दावी गरिन् ।

सेमिनारमा मिस साः कस्मेटिककी प्राविधिक एवं मेकअप आर्टिस्ट सलोनी गिरीले मुख्य प्रशिक्षकका रूपमा प्रशिक्षण दिएकी थिइन् । 

उनले सहभागीहरूलाई तराईको गर्मी र यहाँको मौसम अनुकूल कसरी टिकिरहने  मेकअप गर्ने भन्नेबारे ‘डेमोन्स्ट्रेशन’ मार्फत सिकाएकी थिइन् । 

साथै फ्रान्स, अस्ट्रेलिया, टर्की र भारतका विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका मोइस्चराइजर, फाउन्डेसन, लिपस्टिक र सेटिङ स्प्रे जस्ता सामग्रीहरूको सही छनोट र प्रयोगबारे पनि विस्तृत छलफल गरिएको थियो ।

सौन्दर्य व्यवसायलाई थप मर्यादित र व्यावसायिक बनाउन यस्ता सेमिनारले मद्दत पुग्ने सहभागी ब्युटिसियनहरूले बताएका छन् । 

नक्कली कस्मेटिकको प्रयोगले छालामा गम्भीर समस्या निम्त्याउन सक्ने भन्दै आयोजकले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने ओएसएस कस्मेटिककी प्रबन्ध निर्देशक रीता ढकालले बताइन् ।

View : 40

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved