Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

झापाका तीन पालिकामा शिविर

सीबीआर विराटनगरद्वारा अपाङ्गता सहायक सामग्री वितरण

उद्‌घोष संवाददाता
२५ साउन २०८२, आइतवार

विराटनगर। सामुदायिक पुनर्स्थापना  केन्द्र 'सीबीआर' विराटनगरले झापाका तीनवटा पालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण तथा नापजाँच शिविर सम्पन्न गरेको छ।

शिवसताक्षी नगरपालिका, बिर्तामोड नगरपालिका र कचनकवल गाउँपालिकामा दुई दिनसम्म सञ्चालित शिविरबाट ५० जनाभन्दा बढी व्यक्ति लाभान्वित भएका छन्।

शिविरका क्रममा ३५ जनालाई तत्काल सहायक सामग्रीहरू वितरण गरिएको थियो भने १५ जनाको आवश्यकताअनुसार नापजाँच गरिएको 'सीबीआर' विराटनगरका व्यवस्थापक नवीन दाहालले जानकारी दिए। नापजाँच गरिएका व्यक्तिहरूलाई आवश्यक सामग्रीहरू पछि उपलब्ध गराइने उनले बताए।

पालिकाहरूको आर्थिक सहयोग र सीबीआरको प्राविधिक सहयोगमा सम्पन्न भएको यो कार्यक्रमले पुनर्स्थापना केन्द्रसम्म पुग्न नसक्ने अपाङ्गता भएका व्यक्तिहरूलाई घरदैलोमै सेवा प्रदान गर्ने उद्देश्य राखेको छ। सीबीआर विराटनगरले विगत तीन दशकदेखि कोशी प्रदेशमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

शिवसताक्षी नगरपालिकामा भएको कार्यक्रममा  त्यहाँका  नगर प्रमुख मेघहाङ्ग थोप्रा (रोशन) र उपप्रमुख नरमाया कार्कीलगायत उपस्थित थिए ।  

बिर्तामोड नगरपालिकामा भएको कार्यक्रममा  नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईं र उपप्रमुखः नगेन्द्रप्रसाद संग्रौला र कचनकवल गाउ“पालिकामा  अध्यक्षः कालेन्द्रप्रसाद सिंह राजवंशी र उपाध्यक्ष निम्सरी राजवंशी लगायतको उपस्थिति थियो । 

View : 1052

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved