Biratnagar, Morang, Nepal
२३ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
शिक्षा

विद्यार्थीलाई शैक्षिक सामग्री र पोसिलो खाजा

उद्‌घोष संवाददाता
२२ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । विराटनगर–१८ स्थित श्री राम आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री, स्कुल ब्याग, खेलकुदका सामग्री तथा पोसिलो खाजा वितरण गरिएको छ ।

४१ क्लब नंं. १ विराटनगरको आयोजनामा बिहीबार आयोजित कार्यक्रममा क्लबका राष्ट्रिय अध्यक्ष अरुण तोदी, सुभाष गोयललगायत पदाधिकारी तथा सदस्यहरूको प्रत्यक्ष सहभागितामा विद्यार्थीलाई सामग्री वितरण गरिएको क्लबका अध्यक्ष रमेश राठीले जानकारी दिएका छन् ।

विद्यार्थीहरूको उज्ज्वल भविष्य र गुणस्तरीय शिक्षामा सहयोग पु¥याउने उद्देश्यले सहयोग गरिएको अध्यक्ष राठीले बताए ।

यसैबीच क्लबले गरेको सहयोगले विद्यार्थीमा उत्साह र हौसला थपेको विद्यालयले जनाएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको सहयोगले विद्यालय र समुदायबीचको सहकार्यलाई समेत थप बलियो बनाएको विद्यालयको भनाइ छ ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूले सहयोगका लागि क्लबका राष्ट्रिय तथा जिल्ला नेतृत्वसहित सम्पूर्ण सदस्यप्रति धन्यवाद व्यक्त गरेका छन् ।

विद्यालयले आगामी दिनमा पनि यस्तै सहयोग, मार्गदर्शन र सहकार्यको अपेक्षा गरेको जनाएको छ ।

View : 18

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved