सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचा–८ स्थित सलकपुरमा धुप बनाउने तालिम सुरु भएको छ ।
मानवअधिकारका लागि महिला, एकल महिला नगर सञ्जालको आयोजनामा सुरु भएको तालिमको नगर उपप्रमुख अकली चौधरीले उद्घाटन गरिन् । उनले धुप बनाउने तालिमबाट महिलाहरू आत्मनिर्भर हुने बताइन् ।
आयोजक नगर सञ्जालकी अध्यक्ष कमला मास्केले तालिममा आयआर्जन कम भएका ७० जना ग्रामीण महिलाहरूको सहभागिता रहेको जानकारी दिइन् ।
उद्घाटन कार्यक्रममा ज्येष्ठ नागरिक समाजका अध्यक्ष राम कार्की, समाजसेवी राजेन्द्र ढकाल, राजनीतिकर्मी भक्तकिरण राई, वडाध्यक्ष प्रकाश श्रेष्ठ, कस्तुरी धुपका सञ्चालक यूपी घिमिरे, आयोजक सञ्जालकी सचिव देविका थापा लगायतले शुभकामना व्यक्त गरेका थिए ।
View : 610
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved