Biratnagar, Morang, Nepal
२१ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

औषधि व्यवसायी संघ मोरङको निर्वाचन स्थगित

उद्घोष सम्वाददाता
१९ मंसिर २०८०, मङ्गलवार

विराटनगर : औषधि व्यवसायी संघ मोरङ शाखाको यही आउँदो बुधबार हुने भनिएको निर्वाचन स्थगित भएको छ । नेपाल औषधि व्यवयासी संघ(एनसीडीए) मोरङ जिल्ला शाखा निर्वाचन समितिले सोमबार सूचना प्रकाशित गरी निर्वाचन स्थगित गरिएको जानकारी दिएको हो ।

संघले जिल्ला कार्यसमितिको निर्वाचन यही मंसिर २० गते बुधबारका दिन सम्पन्न हुने गरी तयारी गरिरहेको थियो । निर्वाचन समितिद्वारा जारी सूचनामा आउँदो २० गते तोकिएको निर्वाचन प्रयोजनका लागि आइतवार मात्र संघबाट मतदाता नामवाली उपलब्ध हुन आएकोले निर्वाचनका प्रक्रिया पूरा गर्न समय अपुग भएको जनाएको छ ।

नेपाल औषधि व्यवसायी संघ नियम २०३० को दफा १०० मा संघका सदस्यहरूको मतदाता नामावली निर्वाचनको मितिभन्दा ३० दिन अगाडि नै निर्वाचन समितिलाई उपलब्ध गराउनुपर्ने र प्राप्त मतदाता नामवली निर्वाचन मितिभन्दा २७ दिनअगाडि नै निर्वाचन समितिले प्रकाशित गर्नुपर्ने प्रावधान रहेको छ ।

तर एनसीडीए मोरड शाखाले मंसिर १८ गते मात्र मतदाता नामावली उपलब्ध गराएकाले समय अपुग हुन गएकोले हाललाई निर्वाचन स्थगित गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

View : 67

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved