भोटेकोशी बाढी :
विराटनगर । विराटनगर महानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
महानगरले विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ उपलब्ध गराउने तथा बाँकी रकम जनप्रतिनिधिको सेवा–सुविधा र कर्मचारीको मासिक पारिश्रमिकबाट जुटाउने भएको हो ।
महानगर प्रमुख नागेश कोइरालाले भोटेकोशीमा आएको विपद् कुनै एउटा भूगोल वा समुदायको मात्र समस्या नभई सिंगो मुलुकको साझा पीडा भएको बताए ।
विपद्को समयमा स्थानीय तह, निजी क्षेत्र, संघसंस्था र नागरिक समाजले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने उनले बताएका हुन् ।
अब सरकारले पनि निजी क्षेत्रको यस्तो तदारुकतालाई सकारात्मक रूपमा लिँदै राहत तथा उद्धार अभियानमा प्रभावकारी समन्वय गर्नुपर्ने आवश्यकता देखिएको छ ।
विपद्को पीडामा रहेका नागरिकसम्म सहयोग छिटो, पारदर्शी र प्रभावकारी रूपमा पु¥याउन सरकार, स्थानीय तह, निजी क्षेत्र र सामाजिक संघसंस्थाबीचको सहकार्य नै अहिलेको प्रमुख आवश्यकता बनेको छ ।
View : 20
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved