Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराट व्यापार संघमा प्रमोद

उद्‌घोष संवाददाता
१६ वैशाख २०८३, बुधवार

विराटनगर । विराट व्यापार संघको २६औं साधारणसभा तथा १३ औं अधिवेशनबाट अध्यक्षमा प्रमोदकुमार अग्रवाल निर्वाचित भएका छन् । अग्रवालको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

बुधबार विराटनगरमा आयोजित अधिवेशनले संघको बरिष्ठ उपाध्यक्षमा श्यामलाल पौडेल (भवेश), उपाध्यक्षहरूमा प्रविण अग्रवाल, मनोहर कार्की, किरण ढुंगेल र महिला उपाध्यक्षमा सरस्वती ओझा चयन भएका हुन् ।

संघको महासचिवमा महेन्द्र खड्का, उपमहासचिवमा भोजराज निरौला, कोषाध्यक्षमा सुनिता गुरूङ र सहकोषाध्यक्षमा अशोक पोद्दार चयन भएको जनाइएको छ । 

सदस्यहरूमा शिवरतन शर्मा जोशी, विपीन खतिवडा, महेन्द्र खेतान, रमा श्रेष्ठ, अनिष पुरी, अविशेक गौतम, कुमारी आचार्य (सोनिया) छन् । 

त्यस्तै सदस्यहरूमा सुस्मिता थापा रिजाल, प्रेम पारख, सन्तोष दाहाल, कमल अग्रवाल र मो अमजल हुसेन चयन भएको जनाइएको छ ।

View : 346

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved