Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

बीपी धरानको उपकुलपतिमा श्रेष्ठ नियुक्त

उद्‌घोष संवाददाता
२७ साउन २०८२, मङ्गलवार

विराटनगर। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा विक्रमप्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।  मंगलबार  प्रधानमन्त्री एवम् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले प्राडा श्रेष्ठलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

 वेदाग छवि भएका चिकित्सकका रुपमा चिनिन्छन् । धरानका स्थानीय बासिन्दासमेत रहेका प्राडा श्रेष्ठ वीपी प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष हुन् ।

योसँ“गै चारै स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि नयाँ  उपकुलपति चयन भएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा बुद्धि पौडेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा भरतबहादुर खत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा पुजनकुमार रोकाया नियुक्त भएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्त भएका प्राडा भरतबहादुर खत्रीले मंगलबार नै नियुक्तिपत्र बुझेका छन् भने धरानसहितका अन्य तीन जनालाई बुधबार बिहान बोलाइएको छ  ।

नियुक्तिका लागि सरकारले असार ४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको संयोजकत्वमा सर्च कमिटी गठन गरेको थियो । उक्त कमिटीमा स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा सदस्यका रूपमा थिए ।
 

View : 559

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved