Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

नेपाल टि–२० विश्वकपमा छनौट भए नोबेलले १५ लाख दिने

उद्‌घोष सम्वाददाता
१६ कार्तिक २०८०, बिहिवार

विराटनगर : विराटनगरस्थित नोबेल मेडिकल कलेजले नेपाली राष्ट्रिय क्रिकेट टोली टि–२० विश्वकप क्रिकेटको एशिया छनौट खेलबाट विश्वकपका लागि छनौट भए १५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । 
काठमाडौंमा भइरहेको एशिया छनौट खेलबाट नेपाल छनौट भए आगामी २०२४ मा हुने विश्वकप खेल्ने अवसर पाउने छ । 
नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपका लागि छनौट भए प्रोत्साहन स्वरुप १५ लाख रुपैयाँ दिने नोबेल मेडिकल कलेजले बुधबार घोषणा गरेको हो । 
नोबेलका प्रमुख कार्यकारी अधिकृत डा. भोगेन्द्रप्रसाद उपाध्यायले नेपाल क्रिकेट संघलाई सम्बोधन गर्दै सार्वजनिक गरेको पत्रमा छनौट चरणको फाइनल खेल जितेको खण्डमा थप ५ लाख रुपैयाँ दिने उल्लेख छ । 
नेपालले विश्व क्रिकेट खेलमा सफलता प्राप्त गर्दै आइरहेको र खेलकुदको माध्यमबाट नेपालीहरूबीचको एकता कायम गर्न महत्वपूर्ण योगदान गरेको भन्दै पुरस्कार घोषणा गरिएको जनाइएको छ । खेलाडीहरूले आ–आˆनो व्यक्तिगत स्तरबाट पनि देशका लागि ठूलो योगदान पुर्याएको कुरालाई कसैले पनि नकार्न नसक्ने भएकोले नेपालीको लागि गौरवको विषय बनेको उल्लेख छ ।
‘विश्वकपमा छनौट हुन सफल भएमा नेपाली राष्ट्रिय टोली (अफिसियलसहित) लाई प्रोत्साहन स्वरुप एकमुष्ट रु १५ लाख पुरस्कार स्वरुप प्रदान गरिने यसै पत्र साथ घोषणा गरिएको व्यहोरा अनुरोध छ’ पत्रमा भनिएको छ, ‘साथै छनौटको फाइनल खेलमा समेत विजयी भएको अवस्थामा थप ५ लाख प्रदान गरिने पनि जानकारी गरिएको छ ।’

View : 204

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved