Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले ११ औं राष्ट्रिय महाधिवेशन

केन्द्रीय सदस्यमा उम्मेदवार बन्दा २१ जनाले गुमाए वहाल रहेको पद

उद्‌घोष संवाददाता
२ पुष २०८२, बुधवार

विराटनगर । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवार बनेका २१ जनाको पद गुमेको छ । 

उनीहरूले जितेको खण्डमा केन्द्रीय सदस्य हुनेछन् । तर, हारेको खण्डमा भने विभिन्न कमिटीमा हाल कायम रहेको पद जाने जनाइएको छ ।

पद जानेमा कोशी प्रदेश कमिटीको पदाधिकारी र सदस्यसहित विभिन्न पदमा रहेका धेरै छन् । मोरङ जिल्लाबाटै पाँच जनाको हालको पद गुमेको छ । 

पद गुमाउनेमा कोशी प्रदेश कमिटीकी उपसचिव जलवर्षा राजवंशीसहित सदस्यहरू प्रदेश कमिटी सचिवालय सदस्य अम्बिरबाबु गुरुङ, बुद्धिकुमार राजभण्डारी र पर्शुराम बस्नेत रहेका छन् । 

प्रदेश कमिटीका सदस्यहरू दिलीप बगाडिया, मनोज अग्रवाल, सत्यनारायण चौधरी, सरस्वती खरेल, नीता घतानी, होमबहादुर थापा, निर्मला सिवाकोटी, चिन्तन पाठक, शकुन्तला लेप्चा, ई.भेषराज थापा, बिनादेवी राईको पनि केन्द्रीय कमिटीको सदस्यमा उम्मेदवार बनेका कारण पद गुमेको छ ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका प्रदेश कमिटी सदस्य रेवतीरमण भण्डारी, प्रदेश सांसदसमेत रहेकी एमाले कोशीकी सदस्य निरादेवी खनाल र लोकेश निरौलाले पनि प्रदेश कमिटी सदस्य पद गुमाएको जनाइएको छ । 

प्रदेश कमिटी सदस्य बुद्धिमान परियारको पनि पद गुमेको छ । एमाले ओखलढुंगा जिल्ला कमिटीकी उपसचिव अस्मिता थापा र जिल्ला सदस्य ज्यानु कालिकोटेको पनि बहाल पद गुमेको छ । झापा जिल्ला कमिटी सदस्य मनोज ताम्लीको पद गुमेको छ ।

एमालेको केन्द्रीय कमिटी सदस्यमा झापाबाट मात्रै १८ जनाले उम्मेदवारी दर्ता गराएकोमा प्रदेश र जिल्ला कमिटीमा रहेका पाँच जनाको पद गएको हो ।

एमालेको वर्तमान विधान अनुसार माथिल्लो कमिटीमा उम्मदेवारका रुपमा अन्तिम नामावली प्रकाशन हुँदा बहाल रहेको कमिटीको पदबाट स्वतः हट्ने व्यवस्था रहेको छ ।

एमाले कोशी प्रदेश संसदीय विभागका सचिव विदुर लिङ्थेप र सामाजिक विकास विभागका सचिव  शरणबहादुर राई केन्द्रीय सदस्यको उम्मेदवार बन्दा उनीहरूको समेत पद गुमेको जनाइएको छ ।

View : 1653

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved