Biratnagar, Morang, Nepal
३ कार्तिक २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

संसद सचिवालयद्वारा सांसद अधिकारी पक्राउ परेको सूचना टाँस

उद्‌घोष संवाददाता
२६ कार्तिक २०८१, सोमवार

Advertisement

विराटनगर । कोशी प्रदेश सभा सचिवालयले एमाले सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउको सूचना टाँस गरेको छ । 

संसद सचिवालयका कार्यवाहक प्रदेश सभा सचिव गौतमराज अमात्यले सोमबार अपरान्ह सूचना निकालेर सांसद अधिकारी पक्राउ परेको जानकारी गराएका हुन् । सूचनामा सांसद अधिकारी २०८१ कात्तिक २५ गते पक्राउ परेको उल्लेख छ । 

‘जिल्ला प्रहरी कार्यालय (अपराध अनुसन्धान तथा कारवाही शाखा) मोरङको च.नं. ५३९६ मिति २०८१–०७–२५ को पत्रानुसार उपत्यका अपराध अनुसन्धान कार्यालयको पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी महेश पाण्डे समेत भएको लिखत तथा मानव बेचबिखन सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट मिति २०८१–०७–२५ गते पक्राउ अनुमति जारी भएका कोशी प्रदेश सभाका माननीय सदस्य लिला वल्लभ अधिकारी समेतलाई पक्राउ गरी थप अनुसन्धान कार्यका लागि श्री जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराईएको जानकारी प्राप्त भएकाले प्रदेश सभा नियमावली, २०७४ को नियम १९० को उपनियम (२) बमोजिम माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशन गरिएको छ’ सूचनामा भनिएको छ ।

View : 436

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved