Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

अर्किडका साढे आठ सय विद्यार्थीको विदाई

उद्‌घोष संवाददाता
२८ वैशाख २०८३, सोमवार

विराटनगर । विराटनगर–१० स्थित अर्किड कलेजले कक्षा १२ अध्ययन पूरा गरेका साढे आठ सय विद्यार्थीको सोमबार विदाई गरेको छ । कलेजका १७ औं ब्याचका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच विदाई गरेको हो ।

कलेजले व्यवस्थापन संकायका ६०० र विज्ञानतर्फका २५० गरी कुल ८५० जना विद्यार्थीहरूलाई विदाई गरेको जनाइएको छ ।

कलेजका प्रिन्सिपल मनिष भट्टराईले विद्यार्थीको उज्वल भविष्यका निम्ति कलेजले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षामा विशेष जोड दिँदै आएको बताए । 

कलेजका संस्थापक तथा पूर्व प्रिन्सिपल दिपेश बास्तोलाले अर्किडमा अध्ययन गरेका विद्यार्थीहरूले देश–विदेशका हरेक क्षेत्रमा सफलता हासिल गरिरहेको भन्दै खुसी व्यक्त गरे । उनले कलेजले आफ्ना विद्यार्थीहरूलाई भविष्यमा पनि सम्झिरहने र सहयोग गर्ने बताए ।

कलेजका संस्थापक अध्यक्ष अमित ढकाल, संस्थापकहरू डा. राजन दत्त र गजेन्द्र पण्डित लगायतले विद्यार्थीहरूलाई सफलताको शुभकामना दिएका थिए । 

विदाई भएर जान लागेका विज्ञान संकायका विद्यार्थी दिपेन ताजपुरियाले अर्किडमा अध्ययनका क्रममा बिताएको पल र कलेजका शिक्षकहरूले प्रदान गरेको ज्ञानले आफुहरू केही गर्नसक्ने अठोटका साथ विदाई भएको बताए ।

कार्यक्रममा कलेजका कक्षा ११ र कक्षा १२ विद्यार्थीहरूले विभिन्न गीत संगीत र नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । 

२०५६ सालमा स्थापना भएको अर्किडमा व्यवस्थापन, विज्ञान, होटल म्यानेजमेन्ट र कम्प्युटर विज्ञान विषयमा अध्यापन हुँदै आएको छ ।

यसै कलेजका विद्यार्थी निश्चल गुरागाईं २०७६ सालको कक्षा १२ को परीक्षामा विज्ञान संकायतर्फ नेपाल प्रथम हुन सफल भएका थिए ।

View : 101

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved