Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

जनता नमूना मावि पूर्व विद्यार्थीद्वारा सम्मान

एसईई परीक्षामा हासिल गरेको उत्कृष्ट नतिजाको सम्मानमा पूर्व विद्यार्थी संघले एक भब्य कार्यक्रमको आयोजना गरी  सफल विद्यार्थी तथा यस सफलताका लागि खटिने शिक्षकहरूलाई सम्मान गरेको छ ।
उद्‌घोष संवाददाता
२१ असार २०८२, शनिवार

विराटनगर । विराटनगर–२, शंकरपुरस्थित जनता नमूना माध्यमिक विद्यालयले एसईई परीक्षा–२०८१ मा हासिल गरेको उत्कृष्ट नतिजाको सम्मानमा विद्यालयको पूर्व विद्यार्थी संघले एक भब्य कार्यक्रमको आयोजना गरी  सफल विद्यार्थी तथा यस सफलताका लागि खटिने शिक्षकहरूलाई सम्मान गरेको छ ।

कार्यक्रममा हालै सार्वजनिक भएको एसईई परीक्षा–२०८१ मा सफल हुने छात्रछात्राहरूलाई सम्मान गरिएको थियो ।  यसका साथै, यो ऐतिहासिक सफलता दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विषय शिक्षकहरू इश्वरप्रसाद घिमिरे, चिन्तामणि रिजाल, शंकर पोखरेल, शिवनारायण कौडगिया यादव, रमेश अधिकारी, अरूण कोइराला र मञ्जु खनाललाई नगदसहित सम्मान गरिएको थियो ।

विद्यालयको यस सफलतामा कुशल नेतृत्व प्रदान गर्ने व्यवस्थापन समिति अध्यक्ष मनोजविक्रम शाह र पूर्व प्रधानाध्यापक ईश्वरप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो । साथै स्नातकोत्तर क्याम्पसका पूर्व प्रमुख डा. मनोजकुमार राउतले पूर्व विद्यार्थी संघको अनुरोधमा एसईई कोचिङमा निःशुल्क शिक्षण संयोजन गरेकाले उनको विशिष्ट योगदानको पनि कदर गरिएको थियो ।

उनीहरूलाई कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका आर्थिक सल्लाहकार डा. मोहनकुमार सुवेदी, संघका अध्यक्ष  उमेशकुमार भगत, वरिष्ठ उपाध्यक्ष डा मनोज राउत, महासचिव देवीप्रसाद पोखरेल, त्रिविका सह–परीक्षा नियन्त्रक डा. गोविन्दप्रसाद गुरागाईले सम्मान गरेका थिए । 


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोजविक्रम शाह, प्रधानाध्यापक चिन्तामणि रिजाल, पूर्व  प्रधानाध्यापकद्वय ईश्वरप्रसाद घिमिरे, सनद कोइराला, विष्णुमाया पुस्तकालयका अध्यक्ष केशवप्रसाद गौतम, परोपकारका संस्थापक तथा उपाध्यक्ष  सोमराज कोइराला, पूर्व प्रमुख जिल्ला अधिकारी एवम् पूर्व विद्यार्थी डुल्लुराज बस्नेत लगायतको उपस्थिति थियो ।

जनता नमूना माविले गत वर्ष एसईईमा शून्य प्रतिशत नतिजा हासिल गरेको थियो भने यस वर्ष ३१ जनाले एसईई परीक्षा दिएकोमा ३० जना उत्तीर्ण भई ९६ प्रतिशत नतिजा हासिल गरेको छ ।

View : 461

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved