Biratnagar, Morang, Nepal
९ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

सुनसरीमा यात्रुवाहक माइक्रोबस दुर्घटना, चालकसहित १२ जना घाइते

उद्‌घोष संवाददाता
८ असोज २०८३, बिहिवार

Advertisement

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् ।

बिहीबार बिहान करिब ७ः३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नम्बरको माइक्रोबस आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा माइक्रोबस चालक सप्तरीको कञ्चनरुप नगरपालिका–११ का ३२ वर्षीय आर्यन पोखरेलसहित यात्रुहरू घाइते भएका छन् । घाइते हुनेमा कञ्चनरुप–११ का ७० वर्षीय दनसलाल चौधरी, कञ्चनरुप–१ का ४३ वर्षीय गोबिन्द गुप्ता, कञ्चनरुप–१२ का ५१ वर्षीय बलराम पौडेल, कञ्चनरुप–११ की २१ वर्षीया माया भुजेल, सोही स्थानका ६० वर्षीय असरफि खङ र ३० वर्षीया सुनिता खङ रहेका छन् ।

त्यस्तै कञ्चनरुप–६ की ३० वर्षीया पुजा चौधरी, सप्तरीकै फतेपुर नगरपालिका–१ की ३६ वर्षीया उर्मिला भुजेल, सोही स्थानकी २१ वर्षीया उशा भुजेल, कञ्चनरुप–१ की ४७ वर्षीया राधा नेपाल र कञ्चनरुप–६ का ४० वर्षीय देवाकान्त चौधरी पनि घाइते भएका छन् ।

दुर्घटनामा घाइते सबैको सप्तकोशी न्युरो अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये बलराम पौडेलको उपचारपछि बिहीबार बिहान ९ः३० बजे डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

माइक्रोबस कसरी अनियन्त्रित भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

View : 189

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved