विराटनगर । मोरङ इलेक्ट्रिक संघको १७ औं वार्षिक साधारण सभा शनिबार विराटनगरमा सम्पन्न भएको छ ।
नेपाल विद्युत व्यवसायी महासंघका अध्यक्ष दिलीपकुमार अग्रवालको प्रमुख आतिथ्यता एवं मोरङ इलेक्ट्रिक संघका अध्यक्ष कैलाश विश्वासको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशीका उपाध्यक्ष राजन श्रेष्ठ, नेपाल उद्योग परिसंंघ कोशीका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार शाह, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दल, इटहरी विद्युतीय व्यवसायी संघकी अध्यक्ष शिवु दहाललगायतको उपस्थिति थियो ।
साधारणसभाका अवसरमा आन्तरिक राजस्व कार्यालय, विराटनगरको सहयोगमा संघका सदस्यहरुको लागि कर शिक्षा कार्यक्रमको आयोजना गरिएको मोरङ इलेक्ट्रिक संघका महासचिव ज्ञानबहादुर रावत बताएका छन् ।
View : 23
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved